यसै क्रममा बल्खु प्रहरीले दशैं पर्व र कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरि बल्खु क्षेत्रमा समूहमा बस्ने र समूह बनाएर हिड्ने, उच्छृंखल गतिविधि गर्नेहरुलाई पनि निगरानीमा राख्दै सम्झाएर पठाउने काम गरिरहेको पाइएको छ ।
प्रहरीको यस्तो क्रियाशीलताले समाजमा अपराध कार्यहरुमा कमी आउने विश्वास स्थानीयवासीहरुले गरेका छन् ।


















