काठमाडौं/ काठमाडौंको स्वयम्भूमा भित्रबाट बन्द गरिएको कारमा एक जना युवकको शव भेटिएको छ । विगत तीन दिनदेखि स्वयम्भू हाइटमा सडक छेऊ पार्किङ गरी राखेको कारबाट गन्ध आएपछि शुक्रबार बिहान प्रहरीको क्यूआरटी टोलीले टर्च बालेर हेरेको थियो ।
मकवानपुरको मार्खु–७ घर भइ नैकाप बस्दै आएका २६ वर्षीय श्यामकुमार श्रेष्ठको शव भेटिएको हो ।उनको शरीरमा चोटपटक देखिएको छैन भने कारको चाबी र घडी अगाडिको सिटमा राखेको भेटिएको छ ।
अनुसन्धानमा संलग्न अधिकारीले श्रेष्ठको शव कारको पछाडि पट्टीको सिटमा घोप्टे परेको अवस्थामा भेटिएको जनाए।


















