कलेजो हाम्रो शरीरको सबैभन्दा महत्वपूर्ण अंगमध्ये एउटा हो । यो लगभग एक– साढे एक केजीको हुन्छ। यसमा बिभिन्न समस्या आउन सक्छ, कुनै पनि कारणले बिग्रिन सक्छ।
कुनै पनि कारणले बिग्रिएर सुन्निने समस्यालाई ‘हेपाटाइटिस’ भनिन्छ। यो अल्पकालिन र दीर्घकालिन दुवै हुन सक्छ। कुनै विशेष कारणवश् सात दिनदेखि दस दिनमा समस्या आएमा त्यो अल्पकालिन हुन्छ।
कलेजो बिग्रेको कारण अनुसार यसको उपचार गर्नुपर्छ। रक्सी वा कुनै औषधिका कारण कलेजो खराब भएको भए पहिले ती कुरा खान बन्द गर्नुपर्छ। राम्रो खाना र आराम भयो भने बिस्तारै समस्या कम हुँदै जान्छ। समान्यतया कलेजोमा समस्या आएको थाहा हुँदैन। कलेजो बिगार्ने कीटाणु बिस्तारै सक्रिय हुन्छन्। तर कलेजो खराब भइसकेपछि थकान हुने र खुट्टाको मासु सुन्निने जस्ता लक्षण भने देखिन्छन्।
कहिलेकाँही जडीबुटीले पनि कलेजो खराब गर्न सक्छ। त्यसैले जन्डिस हुँदा कलेजो बिग्रिने धेरै हुन्छन्। यस्तो बेलामा खाना बार्ने पनि होइन बरु राम्रो र पोषिलो खानुपर्छ। कलेजोले कामै नगर्ने भएपछि भने जन्डीस बढ्ने, रगत वान्ता हुने, पेट सुन्निने र त्यहाँ पानीको मात्रा बढ्ने जस्ता समस्या आउँछन् जुन दीर्घकालिन हेपाटाइटिसका लक्षण हुन्।
कलेजोमा बोसो जम्ने समस्या छ भने मोटोपन नियन्त्रण गर्नुपर्छ।
कलेजोलाई स्वस्थ राख्न ताजा फलफूल, हरियो सागसब्जी पर्याप्त मात्रामा खानुपर्छ । दिनहुँ पर्याप्त पानी खानुपर्छ । फलफूलको जुस सेवन पनि लाभदायक हुन्छ ।


















