एनआईसी एशिया बैंक र गुराँस लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स

104

काठमाडौं/ एनआईसी एशिया बैंक लिमिटेडले गुराँस लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सम्झौता गरेको छ ।

यस सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरूले मुलुकभर फैलिएका २४१ शाखाहरूबाट सहज रूपमा गुराँस लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्नेछन् । उक्त सम्झौतापत्रमा बैंकको तर्फबाट बैंकका का.मु. प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण कुमार भट्टराईबीच हस्ताक्षर भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here