काठमाडौं । दश वर्षे सशस्त्र युद्धका क्रममा सर्वाधिक चर्चा पाएकी जेल ब्रेक गर्ने महिला कार्यकर्ता उमा भुजेललाई सर्वोच्च अदालतले रिहा गर्ने आदेश गरे पनि प्रहरीले उनलाई हिजो शुक्रबार सर्वोच्च परिसरबाटै गिरफ्तार गरेको छ । केही दिन अगाडि पक्राउ परेकी उमा विप्तव नेतृत्वको नेकपामा आवद्ध छिन् । हालका दिनहरुमा कुनै हिंसात्मक गतिविधि नगरिरहेको अवस्थामा पनि विप्लव नेतृत्वको पार्टीमाथि सरकारको दमन उत्कर्षमा छ । शान्तिपूर्ण कार्यक्रमहरुलाई समेत सरकारले अवरोध गरिरहेको छ । यसै क्रममा सो पार्टीका दर्जनौं नेताहरुलाई प्रहरीले कव्जामा लिएको छ । उमा भुजेललाई पनि प्रहरीले विना कारण पक्रउ गरेको हुँदा सर्वाेच्च अदालतले रजिष्ट्रारको रोहवरमा रिहा गर्नु भनी आदेश गरेको थियो । रिहा भए तगत्तै प्रहरीले पक्राउ गर्ने खोज्दा कार्यकर्ताहरुले पक्राउ पुर्जी देखाउन भनेका थिए । तर प्रहरीले जवर्जर्ति उनलाई प्रहरी भ्यानमा हालेर लगेको छ । हेर्नुहोस् भिडियो :-

















