‘छक्का पञ्जा ३’ र ‘जय भोले’ जुध्ने तयारीमा

477

शुक्रवारबाट प्रदर्शनमा आएका ‘रोज’ र ‘रामकहानी’ जुधिरहेका बेला अर्को दुई ठूला ब्यानरका प्रतिक्षीत फिल्म ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ पनि जुध्ने तयारीमा रहेको छ । यी दुई फिल्म दशैंको अवसरमा रिलिज हुने तयारीमा छन् ।

अहिलेसम्म आधिकारिक रुपमा प्रदर्शन मिति नतोकेको फिल्म दश दिनसम्म हुने दशैँको कुन दिन ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ प्रदर्शनमा आउँछन् अहिलेसम्म अत्तोपत्तो छैन ।

छक्का पञ्जाु का दुई सिरिज दशैँको फूलपातीमा प्रदर्शनमा आएका थिए । तेस्रो सिरिज पनि यही दिनमा आउने प्रवल सम्भावना छ । तर, निर्माण टिमले कन्फर्म गरेको छैन ।

उता बिहीवार १२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्माले ‘जय भोले’ को ट्रेलर सार्वजनिक गरे तर प्रदर्शन मिति राखेनन् । ट्रेलरमा लेखिएको छ, ‘यसपालीको दशैँ ‘जय भोले’ सँगै ।’ तर, दशैँको कुन दिन ? निर्देशक शर्मा भन्छन्, ‘घटस्थापनादेखि पूर्णिमासम्म घाम लाग्ने राम्रो दिन हेरेर रिलिज गर्छौँ ।’

‘जय भोले’ ले प्रदर्शन मिति नराख्दा अहिले ‘छक्का पञ्जा’ टिममाथि ठूलो तनाब आइपरेको छ । निर्देशक शर्मा ‘छक्का पञ्जा ३’ सँग ‘जय भोले’ जुधाउने पूर्ण तयारीमा छन् भने दीपकराज गिरी र दीपाश्री निरौला उक्त फिल्मसँग ‘छक्का पञ्जा ३’ जुधाउने मनस्थितिमा छैनन् ।

सिनेवृतमा ‘छक्का पञ्जा ३’ लाई असर पुर्‍याउनकै लागि निर्देशक शर्माले ‘जय भोले’ बनाएको चर्चा छ ।

अब केही दिनमा ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक हुँदैछ । यो फिल्मले दशैँको कुन दिन रोज्नेछ ? धेरैलाई चासो छ । दुवै फिल्मको रिलिज जुधेर कतै ‘छक्का पञ्जा ३’ को स्टयार्डम त घट्ने होइन ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here