असोज ५ गते प्रदर्शनमा आउने फिल्म ‘बाँध मायाले’ को नयाँ डान्सिङ नम्बरको गीत रिलिज भएको छ । चलचित्रले आफ्नो प्रचार प्रसारलाई सुरु गरिसकेको छ । अर्जुन पोखरेलको शब्द र लोकराज अधिकारीको शब्द रहेको आउने जाने बोलको गीतमा दुर्गा खरेल, ध्रुव विस्को र सुरेश लामाको स्वर छ ।
रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, कलाकार राजाराम पौडेल लगायतले नृत्य गरेका छन् ।
गीत रिलिजसँगै निर्माण पक्षले कभर डान्स प्रतियोगिताको पनि घोषणा गरेको छ । एक लाख रुपैयाँ पुरस्कार घोषणा गरिएको कभर डान्स असोज ५ गतेसम्म हुनेछ । रिजल्ट भने असोज ८ गते आउने निर्देशक तथा निर्माता सविर श्रेष्ठले जनाए । फिल्मका कार्यकारी निर्माता केदार धिताल हुन् ।
रामहरि धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी सह निर्माताको रूपमा रहेका छन् ।
‘बाँध मायाले’ को नयाँ डान्सिङ नम्बरको गीत :

















