बुबा हजुरले (कविता)

678
जन्म दियौ प्यारी आमा, कर्म दिनुभयो बुबा हजुरले 

सुख सुम्पी हामीलाई, दुःख लिनुभयो बुबा हजुरले

गार्हो हुन्छ सुख त्यागी, सधैँ दुःख अँगाल्नलाई
पीडा भुली हाँसी हाँसी, आँशु पिउनुभयो बुबा हजुरले

जिन्दगीको यात्रा सहज, बनाउन सन्ततिको,
फुल रोप्न बाटैभरी, नङ्ग्रा खियाउनुभयो बुबा हजुरले

ठुला ठुला सपना र, आशाहरु सजाएर,
पहिल्याउनु सुमार्ग नै, भन्नु भनेको थियो बुबा हजुरले

सेवा गर्छु बुबा आमा, बाँचुन्जेलसम्म,
गल्ती भए माफ गरीदिनु बुबा हजुरले

पवि डोटेल…

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here