आधिकारिक दस्तखत गर्नेको नमूना दस्तखत दलहरुसँग निर्वाचन आयोगले माग्यो

425

काठमाडौँ । निर्वाचन आयोगले आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन प्रयोजनका लागि राजनीतिक दलका तर्फबाट उम्मेदवार मनोनयनको औपचारिकपत्र प्रदान गर्न अधिकार पाएका पदाधिकारीको दस्तखत नमूना यही असोज २२ गतेसम्म पेश गर्न सूचना जारी गरेको छ ।

आयोगका अनुसार त्यस्तो नमूना दस्तखत सम्बन्धित राजनीतिक दलको केन्द्रीय कार्यकारिणी समिति वा प्रदेश समितिका पदाधिकारीको हुनुपर्नेछ । प्रदेशसभा सदस्यका लागि प्रदेशसभा सदस्य निर्वाचन तथा प्रतिनिधिसभा सदस्यका लागि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुरुप आधिकारिक दस्तखत नमूना पेश गर्न बेग्लाबेग्लै सूचना जारी भएको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

मनोनयनसम्बन्धी औपचारिकपत्रको ढाँचा आयोगको वेबसाइट www.election.gov.npबाट डाउनलोड गरी वा आयोगको कानून तथा राजनीतिक दल सम्बन्ध महाशाखाबाट प्राप्त गर्न सकिने छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here