खोलाको बीच भागमा फसेका ३ जनाको उद्धार

283

सिन्धुली/ कमलामाई नगरपालिका-१ र मरिण गाउँपालिका-७ को सिमानामा रहेको घाँगर खोलाको बीच भागको खाली बगरमा पानीको बहाव बढेर फसेका मरिण गाउँपालिका-७ बस्ने ५० वर्षीय कृष्ण देवकोटा र ५० वर्षीय अर्जुन सापकोटाको सोमबार प्रहरीले सकुशल उद्धार गरेको छ ।

यसैगरी कमलामाई नगरपालिका-१ डाँडी गुराँसेस्थित मरिण खोलाको बिच भागको खाली बगरमा पानीको वहाव बढन गई गाई बस्तु चराई फर्कदै गरेको अवस्थामा फसेकी १७ वर्षीया रुपा कामीको समेत नेपाली सेना र सशस्त्र प्रहरी बलको सहयोगमा प्रहरीले सोमबार सकुशल उद्धार गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here