निर्मला हत्या प्रकरण ‘अनुसन्धानमा प्रहरीको लापरबाही’

131

१३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या गरिएको घटनाका सम्बन्धमा छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले अनुसन्धानमा प्रहरीले लापरबाही गरेको निष्कर्ष निकालेको छ। निर्मलाका हत्यारालाई प्रहरीले बचाउन खोजेको भन्दै स्थानीयले आन्दोलन चर्काउँदा अवस्था हिंसात्मक बनेपछि गत भदौ ८ गते काम सुरु गर्ने गरी गृह मन्त्रालयले सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा ५ सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको थियो। छानबिन समितिलाई १५ दिन म्याद दिएको थियो। समितिले छानबिन सकेर प्रतिवेदन लेख्ने काम गरिरहेको संयोजक मैनालीले बताए।

छानबिनका क्रममा विभिन्न व्यक्तिसँग सोधपुछ गरिएको उनले बताए। समितिले पनि छानबिनका क्रममा निर्मला हत्याको दोषी पत्ता लगाउन सकेको छैन। संयोजक मैनाली हत्याको दोषी पत्ता लागउने क्षेत्राधिकार समितिको नरहेको बताउँछन्।

‘निर्मलाको हत्या कसले गरेको भनेर पत्ता लगाउने यो समितिको जिम्मेवारी होइन, त्यसबारे प्रहरी टोलीले अनुसन्धान गरिरहेको छ’, उनले भने। निर्मला हत्या घटनामा प्रहरीको अनुसन्धान कस्तो भयो, आन्दोलन भएर मान्छे मर्ने अवस्था किन आयो लगायतको कुराको छानबिन समितिले गरेको उनको भनाइ छ। उनले निर्मलाको हत्या अनुसन्धानमा सुरुमा प्रहरीबाट लापरबाही भएको बताए। ‘छानबिन गर्दा सुरुमा प्रहरी अनुुसन्धानमा लापरबाही भएको पाइएको छ’, उनले भने। प्रहरीको लापरबाहीले घटनास्थलमा प्रमाण नष्ट भएको समितिको निष्कर्ष छ। नागरिक दैनिकबाट ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here