काठमाडौँ/ अन्तराष्ट्रिय बिजनेस अवार्डमा मेटलाइफ नेपालको लाइफ केयरले ‘सिल्भर स्टिभी’ अवार्ड जितेको छ ।
पन्ध्रौँ वार्षिक अन्तराष्ट्रिय बिजनेस अवार्डले सम्बन्धित व्यवसायका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गरेको कुरालाई स्वीकार गरेको छ । वित्तीय सेवाको विधामा नवीनता र उत्कृष्टताका लागि लाइफ केयरलाई ‘सिल्भर स्टिभी’अवार्डबाट सम्मानित गरिएको हो ।
नेपालमा लाइफ केयर यस प्रकृतिको पहिलो बीमा योजना हो । यसमा जीवनको क्षति, अप्रत्यासित घटना र गम्भीर रोगको पहिचान वापत विस्तृत वित्तीय सुरक्षा प्रदान गरिन्छ । यस योजनामा खासगरी लाइफ केयर व्युटिफुल नामक महिलालाई मात्र लागू हुने योजना उपलब्ध छ । जसअन्तर्गत जीवनको क्षति तथा महिला केन्द्रित रोगहरु जस्तै स्तन क्यान्सर, पाठेघरको क्यान्सर लगायत महिलालाई मात्र हुने दश वटा रोगहरु वापत सुरक्षण प्रदान गर्दछ ।
लाइफ केयरको एउटा भिन्न विशेषता भनेको उपचार खर्च र गम्भीर रोग पत्ता लागेको अवस्थामा स्याहारका लागि लाग्ने खर्च वापत एकमुष्ठ रकम अग्रिम भुक्तानी हुनु हो ।
विजेताहरुलाई अक्टोबर २० का दिन संयुक्त अधिराज्य, लण्डनमा हुने गाला सेरिमोनीमा अवार्ड प्रदान गरिनेछ । सबै साइज र क्षेत्रका संस्थाहरुबाट विविध विधामा ३९०० भन्दा बढी मनोनयनका लागि पेश गरिएको थियो ।
विश्वभरका २७० भन्दा बढी एक्जुकेटिभहरु सहभागी भएको १२ निर्णायक मण्डल (जुरी) बाट प्राप्त औसत अंकका आधारमा ‘स्टिभी’ अवार्डका विजेता घोषणा गरिएको हो ।


















