बंदेल मार्न थापेको पासोमा आफ्नै साथी

415

बुटवल / विगत १० दिनदेखि वेपत्ता भइरहेका रुपन्देही जिल्लाको तिलोत्तमा नगरपालिकाका एक युवाको बंदेल मार्न आफैले थापेको विद्युतिय धरापमा परी मृत्यु भएको खुलेको छ । तिलोत्तमा नगरपालिका वडा नं. ११ गणेशनगर स्थित भूपू सैनिक टोलका ४० वर्षिय मिन बहादुर गौतमको बंदेल मार्न आफैले थापेको विद्युतिय धरापमा परी मृत्यु भएपछि उनकै साथीहरुले जंगलमा खाडल खनी पुरेको प्रहरीले भनेका छन् । गौतमसहित स्थानीय ५-६ जनाको समुहले गत बैशाख १ गते राती खेत छेउको जंगलमा बंदेल मार्न विद्युतिय धराप थापेका थिए। सोहि धरापमा परी गौतमको १ गते राती साढे २ बजे मृत्यु भएपछि सँगै गएका उनका साथीहरुले देवदह ९ स्थित जंगलमा खाडल खनेर पुरेपछि घटनालाई गुपचुप राखेका थिए । गौतम हराएको खबर गाउँघर हुँदै प्रहरीसमक्ष पुगेपछि प्रहरीले खोजतलास तथा अनुसन्धान शुरु गरेको थियो ।

प्रहरीले घरपरिवार तथा टोल छिमेकसँग सोधपुछ गर्दा बैशाख १ गते राती स्थानीय अरु युवाहरुको साथमा बँदेललाई पासो थाप्न गएको र सोहि पासोमा परी उनको मृत्यु भएको खुलाासा भएको छ । ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक डिल बहादुर मल्लले अनुसन्धानका क्रममा जंगलमा रगतका टाटा देखिएको र सँगै गएका युवाहरुलाई सोधपुछ गर्ने क्रममा गौतमको धरापमा परी मृत्यु भएपछि बैशाख २ गते राती जंगलमा खाडल खनी पुरेको स्वीकार गरेका छन् । एक गते राती भएको उक्त घटना प्रहरीले ढिलो गरी पत्ता लगाएता पनि घटनामा संलग्न भएको आशंकामा मंगलबार ५ जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरिक्षक मल्लले पक्राउ परेका व्यक्तिहरुको सोधपुछ पछि बुधवार विहान मृतकको शव उत्खनन् गरिएको र उनीहरुमाथि अनुसन्धान शुरु गरिएको छ।

मल्लले पक्राउ परेका व्यक्तिहरुले गौतमको शवलाई जंगलमा खाडल खनी पुरेको स्वीकार गरेपनि घटनाको वास्तविकता के हो भन्ने बारे अनुसन्धान शुरु गरिएको खुलासा गरेको छ । ‘पक्राउ परेका व्यक्तिहरुले १ गते राती गौतमको मृत्यु भएपछि दुईगते दिनभर जंगलमै राखी सोहि दिन राती देवदह नगरपालिका ९ स्थीत जंगलमा लगि खाडल खनेर पुरेको स्वीकार गरेका छन्, तर गौतमको मृत्यु कसरी भयो भन्ने बारे अनुसन्धान भईरहेको छ’, मल्लले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here