काठमाडौं/ साल्ट ट्रेडिङ लिमिटेड कर्पोरेशनले आफ्नो ५६ औं बार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा दशैं तिहार र छठ पर्वलाई मध्यनजर गर्दै विभिन्न स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जनाएको छ ।
त्यस्तै मोवाइल भ्यानबाट विभिन्न ठाउँमा खाद्य बस्तु पनि बिक्री गर्ने योजना बनाएको पनि साल्टले जनाएको छ ।
भएको कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले लिमिटेडले आम जनतलाई गुणस्तरीय सामान सुपथ मूल्यमा विक्री गर्दै लिमिटेडले आफ्ना सेवा सातै प्रदेशमा विस्तार गरेको भन्दै कृषि विकासमा सहयोग पुर्याउन अनुदानको मल र कृषि औजार बिक्री गरेको, गहुँको बिउ प्रशोधन गरेर किसानसमक्ष पर्याएको तथा प्रशोधित तोरीको तेल उद्योग स्थापनाको तयारी भइरहेको जनाइन् ।


















