काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल र प्रभु इन्स्योरेन्स लिमिटेडबीच नगदरहित सेवासम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्य र नर्भिक इन्टरनेशनल हस्पिटलको तर्फबाट एक्ज्युकेटिभ डाइरेक्टर राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गर्नु भएको छ ।
सम्झौताअनुसार प्रभु इन्स्योरेन्सबाट औषधोपचार बिमा गराउने ग्राहकहरुले नर्भिक इन्टरनेशनल हस्पिटलमा भर्ना भई औषधी उपचार गराउँदा साथमा रुपैयाँ नभए पनि बिमालेखको सीमासम्म नगदरहितको सुविधाप्राप्त गर्न सक्नेछन् ।

















