विदेशमा ‘बाँध मायाले’ को डिमाण्ड बढ्दै

222

असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ को अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन भैसकेको छ । तीन शो प्रदर्शन भैसकेको यस फिल्मका अन्य शहरहरूमा पनि प्रदर्शन हुने भएको छ ।

अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्मका सह-निर्माता महेन्द्र अधिकारी भने, ‘हामीले अष्ट्रेलियामा रहनु भएका नेपाली फिल्मप्रेमी नेपालीलाई पुरानो या बासी नभई ताजा र नयाँ फिल्म पस्कने उद्देश्यले नै नेपालभन्दा अगाडि यहाँ प्रदर्शन गरेका हौँ’, । फिल्ममा महेन्द्रसँगै केदार धिताल सह-निर्माताको रुपमा छन् ।

सिड्नीबासी दर्शकहरूले विशेष गरेर नायिका सृष्टिको कामको खुलेर तारिफ गरेका छन् । नायक आर्यनको काम पनि उम्दा रहेको धेरैको प्रतिक्रिया थियो ।

राजराम पौडेल, विशाल चाम्लिंग र किशोर खड्काको पनि अभिनय रहेको ‘बाँध मायाले’ को हालसम्म अष्ट्रेलिया र अमेरिकामा शो सम्पन्न भैसकेका छन् । युके, जापान, कतार, दुबई, बहराइन लगायत देशमा पनि फिल्मको माग भैरहेको निर्माता तथा निर्देशक सबिर श्रेष्ठले जनाए ।

गीतसंगीत र ट्रेलरबाट चर्चामा रहेको यो फिल्ममा पहिलो पटक सृष्टि र आर्यनले काम गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here