ससंदमा गगन र अमरेशका प्रश्नको जवाफ दिँदै गृहमन्त्री

217

काठमाडौं/ कांग्रेस सांसद अमरेशकुमार सिंहले गृहमन्त्रीलाई सोधेको प्रश्न -राज्यभन्दा पनि शक्तिशाली को हो ? जवाफमा गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे सही उत्तर आफूले भन्दा वीरेन्द्र केसीले नै दिनसक्ने जनाएकाछन् ।

निर्मला हत्याबारे संसदमा उपस्थित भएका गृहमन्त्रीले छानबिन समितिका सदस्य केसीले आफूहरुलाई दिएको जानकारी अनुसार भने, ‘घटनास्थल, जहाँ उहाँले छानविन गर्दै हुनुहुन्थ्यो रे । त्यसक्रममा एक जना शक्तिशाली देखिने ठूलै जिउडालको मान्छे आयो रे । उसले तपाईले राम्रै गर्दै हुनुहुन्छ । तर, यस्ता छानविन धेरै भए । छानविन गर्नेहरुलाई गाडी लगाएर हत्या हुने गरेको सम्झनुहोला भनेर भने ।’ थापा अघि भन्छन्, ‘शायद शक्तिशाली व्यक्ति त्यही हुनुहुन्छ । उहाँलाई पनि थाहा छैन नाम ।’

‘शक्तिशाली अपराधीबाट जुनसुकै बेला मेरो हत्या हुनसक्छ’ भन्दै राजीनामा दिएका वीरेन्द्र केसीले ४८ घन्टैमा  निर्मला पन्त हत्याको छानबिनका लागि बनेको उच्चस्तरीय समितिमा फर्किएका थिए ।

कांग्रेस सांसद गगन थापाले भने बम दिदीबहिनीबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा प्रश्न उठाउँदै गृहमन्त्रीलाई सोधे, ‘हामीलाई अर्ती उपदेश दिने गृहमन्त्रीले प्रधानमन्त्रीज्यूलाई छानविन प्रभावित गर्ने अभिव्यक्ति किन दिनुभयो भनेर सोध्नुभयो ?’

जवाफमा थापाले प्रधानमन्त्रीको अभिव्यक्तिबारे थाहा नभएको जनाउँदै आफूले प्रधानमन्त्रीलाई प्रश्न नगरेको बरु छानविनलाई छिटो निष्कर्षमा पुर्‍याउन प्रधानमन्त्रीबाट निर्देशन आएको जानकारी गराए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here