राष्ट्रिय अखण्डता विरुद्ध बोल्नेको पासपोर्ट जफत गरिने

184

काठमाडौं । राष्ट्रिय अखण्डविरुद्ध बोल्ने जोकोहीको पासपोर्ट जफत गरिने गरी कानून निर्माण गरिने भएको छ । अब बन्ने कानुनमा राष्ट्रिय अखण्डतामा आँच आउने गरी जोेकोही बोलेमा त्यसको पासपोर्ट जफत गरिनेगरी कानुन बन्न लागेको हो ।

 

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा पासपोर्ट सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि दवावार छलफलका क्रममा सांसदहरुले उक्त कानुन बनाउन सुझाव दिएका हुन् । शुक्रबार बिहान भएको बैठकमा सांसद भीम रावले राष्ट्रियतामा आँच आउने अभिव्यक्ति दिनेको पासपोर्ट खोसिनेगरी कानून बनाउन माग गरेका हुन् । रावलले पासपोर्ट सम्बन्धी कानुन संशोधन गरी देशविरुद्ध बोल्नेको पासपोर्ट जफत गर्न आवश्यक भएको जनाएका थिए ।

 

त्यस्तै समितिको सभापति जेष्ठ सदस्य माधवकुमार नेपालले पनि कडाईकासाथ उक्त कानून कार्यान्वयन गरिने जानकारी दिए । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले सांसदहरुको सल्लाह र सुझावका आधारमा कानून संशोधन गरिने प्रतिवद्वता व्यक्त गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here