काठमाडौं । तत्कालिन नेकपा माओवादी (केन्द्र)बाट छुटिएर नयाँ शक्ति पार्टी गठन गरेका डा. बाबुराम भट्टराईविरुद्ध अमेरिकामा विरोध प्रदर्शन भएको छ । अमेरिकामा रहेका केही नेपाली युवाहरुले डा. भट्टराईको बिरोधमा कालो झण्डा प्रदर्शन गरेका हुन् । डिसी मेट्रो एरियाबाट टेक्सस जाने क्रममा डा. भट्टराई र हिसिला यमीको बिरोधमा कालो झण्डा देखाउँदै नेपाली युवाहरुले नाराबाजी समेत गरेका थिए ।
तत्कालिन माओवादी युद्धमा हजारौं नागरिकको मृत्यु भएको भन्दै उनीहरुले डा. भट्टराईविरुद्ध प्रदर्शन गरेको जनाइएको छ । तत्कालिन माओवादीका नेताहरुले नेपालीमाथि ठूलो अपराध गरेको उनीहरुको आरोप छ । उनीहरुले विभिन्न पम्प्लेटमा ‘गो ब्याक’ भन्दै प्रदर्शन समेत गरेका थिए । डा. भट्टराई भाद्र २८ गतेदेखि अमेरिका भ्रमणमा रहेका छन् । उनी असोज २२ सम्म अमेरिकमा रहने जनाइएको छ ।



















