अदालतले छाड्न आदेश दिएका प्रकाण्ड उदयपुर प्रहरी हिरासतमा

194

काठमाडौ, भदौ ३१ । अदालतले पटक पटक छाड्न आदेश दिएका नेकपा विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड) लाई उदयपुर पु्र्याइएको छ । काठमाडौ प्रहरीले प्रकाण्डलाई शनिबार उदयपुर प्रहरीको जिम्मा लगाएको छ । उनीमाथि बम विस्फोटको घटनामा अनुसन्धान गर्न अदालतबाट म्याद थप्दै अनुसन्धान गर्न लागेको उदयपुर प्रहरीले जनाएको छ ।

उनीमाथि विस्फोटक पदार्थसम्बन्धी मुद्दा चलाउने तयारी भइरहेको उदयपुर प्रहरीले जनाएको छ । उदयपुरमा विप्लवका करिब आधा दर्जन नेता कार्यकर्तामाथि बम विस्फोटनको आरोपमा प्रहरीले मुद्दा चलाइसकेको छ ।
सर्वोच्च अदालतले प्रकाण्डलाई पटक–पटक गिरफ्तार गरेकोमा सरकारलाई अवहेलनामा कारबाही गर्ने चेतावनी दिएपनि प्रहरीले भने सर्वाेच्चको आदेशको वेवास्ता गर्दै प्रकाण्डलाई पटक पटक गिरफ्तार गर्दै आइरहेको छ ।

सर्वाेच्चका न्यायाधीश अनिलकुमार सिन्हा र प्रकाशमान सिंह राउतको संयुक्त इजलासले संविधानको धारा १२८ को उपधारा ४ अनुसार अवहेलनामा कारबाही गर्ने चेतावनी दिइसकेको छ ।

बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले प्रकाण्डलाई थुनामुक्त गर्न चौथो पटक आदेश दिएको छ । पटक–पटक आदेश दिइसकेको भएपनि सरकारले अदालत परिसरबाटै प्रकाण्डलाई पक्राउ गरी अर्को जिल्लामा पुर्‍याउने काम गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here