काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सांसद पदबाट गरिएको निलम्बन पुनरवलोकन गर्न माग गर्दै सभामुख देवराज घिमिरेलाई निवेदन बुझाएका छन्।
शुक्रबार सिंहदरबारस्थित सभामुखको कार्यकक्षमै गएर सांसद पद निलम्बनको निर्णय कानुनसम्मत नभएको भन्दै पुनरवलोकन गरी निलम्बन फुकुवा गर्न माग गर्दै निवेदन बुझाएको रास्वपा सांसद सोविता गौतमले जानकारी दिइन्।
उनले फौजदारी कसुरमा अदालतले पुर्पक्षका लागि थुनामा पठाएको अवस्थामा मात्र सांसद पद निलम्बित हुने जिकिर गरेिन्।
उनले राज्यले अभियोजन गरेको कुरा जानकारी दिएर संसद्ले निलम्बन गर्ने प्रक्रिया उचित नहुने उनको तर्क छ।
सभापतिमाथि लागेको आरोपको अदालतले खण्डन गर्ने उल्लेख गर्दै उनले आवश्यक परेको खण्डमा संसद्मा समेत कुरा उठाउने सांसद गौतमको भनाइ छ।


















