सरकार गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ

41

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले र कांग्रेसको संयुक्त सरकार गठनको बेला भएका सहमति कार्यान्वयन गर्न पार्टी दृढ रहेको जनाएका छन्।

शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले विगतमा सरकार स्थिर नहुँदा आर्थिक क्षेत्रमा नकारात्मक प्रभाव परेका कारण वर्तमान सरकार गठन भएको दाबी गरे।

उनले सुशासन कायम गर्दै मुलुकमा आर्थिक समृद्धि ल्याउनु वर्तमान सरकारको मुख्य ध्येय भएको बताए। सरकार सुशासन कायम गर्दै आर्थिक उन्नतीको क्षेत्रमा अघि बढिरहेको सभापति देउवाको भनाइ थियो।

उनले भने, ‘सरकार गठनका बखत भएको सहमति कार्यान्वयनका लागि नेपाली कांग्रेस दृढ छ। यो सहमति कार्यान्वयन हुनेछ र अन्य राजनीतिक दलहरुको सहयोग रहेनछ भन्ने मैले विश्वास गरेको छु। मुलुकमा सुशासन कायम गर्दै आर्थिक समृद्धि हासिल गर्ने सरकारको मुख्य ध्येय हो। सरकार यस मार्गमा सकारात्मक रुपले अघि बढिरहेको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here