कालापानी फिर्ताको आवाज चिया गफ नभई सुनामी बन्ने नेपालको चेतावानी

285

काठमाडौं/ ग्रेटर नेपालका अभियन्ता फणीन्द्र नेपालले नापी विभागले प्रकाशित गरेको नेपालको नक्सामा कालापानी नेपालको सरहदमा भए पनि जमिनचाहिँ भारतको कब्जामा देखिएको भन्दै निकै आक्रोश व्यक्त गरेका छन् । कालापानी फिर्ताको आवाज उठाएका उनले यो चियाको कपमा उठेको आँधी नभई यो सुनामी बन्ने चेतावानी दिए । उनले भने, ‘लिम्पियाधुरा त नापी विभागले पहिले नै छोडिसकेको रहेछ, त्यो पनि भारतकै कब्जामा छ ।’

उनले भने, ‘मानिलिअौँ,कालापानी-लिम्पियाधुरामा भएको भारतीय कब्जाप्रति आँखा चिम्लिन आफ्ना भरौटे सेनालाई तत्कालीन दरबारले भन्यो रे, अनि तत्कालीन शाही नेपाली सेनाले दरबारको हुकुमको तामेली गर्यो रे, रेको कुरा हो, होला पनि तर हामी नागरिक यो कुरा मान्दैनौँ, तथ्य चाहियो, हामीलाई दरबारको सहीछाप भएको पत्र नापी विभागले देखाउनुपर्छ ।’

तत्कालिन दरबार र सेनाले कसरी दबाब दियो र त्यो क्षेत्र छोडिएको हो ? यस विषयमा नापी विभागले गरेको निर्णयको माइन्युट (अभिलेख) पनि देखाउनुपर्ने उनले जनाउँदै भने, ‘दरबार अहिले छैन्, सेना त छ नि ! सेनाले त कालापानी विषयको हिसाब-किताब नेपाली जनतालाई दुरुस्त बुझाउनुपर्छ ।’

नेपालले कालापानीको चिन्तामा उठेको नागरिकहरूको आवाज प्रधानमन्त्री केपी शर्मा ओलीले नसुनेको आरोप लगाएका छन् । उनलेचेतावनी दिँदै भने- ‘प्रधानमन्त्री केपी शर्मा ओलीले सुनिरहका छैनन्, उनले कानेगुजी कोट्याएर सजग हुनु बेस हुनेछ, कतै उनको अरिङ्गालको गोलालाई कालापानीको आगोले खरानी नपारोस्,’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here