सुडानमा खटिएका शान्ति सेनालाई गोली लाग्यो

103

काठमाडौँ/ संयुक्त राष्ट्र सङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा कार्यरत एक सैनिक जवान गोली लागेर घाइते भएका छन् ।

संयुक्त राष्ट्रसंघको आह्वानमा दक्षिण सुडानमा तैनाथ श्री सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत सैनिक जवान गोली लागेर घाइते भएका हुन् ।

आइतबार बिहान दक्षिण सुडानको पिपुल्स लिवरेशन आर्मी (एसपिएलए)का तर्फबाट चलाइएको गोली लागि घाइते भएका जवानको स्वास्थ्य अवस्था खतरामुक्त रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

उनको राजधानी जुवास्थित अस्पतालमा उपचार भइरहेको नेपाली सेनाले जानकारी दिएको छ । यई भन्ने स्थानमा तैनाथ नेपाली सेनाको कम्पनी अपरेटिङ वेशबाट दैनिकरुपमा पानी ढुवानी गर्न खटिएको टोलीमाथि फर्कने क्रममा गोली प्रहार हुँदा सैनिक जवान घाइते भएको सैनिक जनसम्पर्क निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here