काठमाडौं/ बाराको जंगलमा तपस्या बसेर चर्चामा आएका रामबहादुर बम्जनमाथि लागेको बलात्कारको आरोप निराधार, कपोकल्पित र भ्रामक भएको भन्दै बोद्यी श्रवण धर्म संघले खण्डन गरेको छ ।
सोमबार पत्रकार सम्मेलनगर्दै संघले यस्तो खण्डन गरेको हो । संघका सह–सचिव केवल लामाको नाममा जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘बोधी श्रवण धर्म संघ गुरुज्यूमाथि एक जना आनी धर्मशील पालना गर्न आपूmलाई कृतसंकल्पित राख्न नसकेर गुरु आश्रम (मैत्री का जुक्पा)बाट बाहिरनु परेको पीडामा खेल्दै केही कुतत्वहरुले उहाँलाई हतियार बनाएर जुन बलात्कार जस्तो जघन्य आरोप लगाउने कोशिस भएको छ, त्यो सत्प्रतिशत कपोलकल्पित, झुटो र महान गुरुज्यूबाट कल्पनासम्म नहुने विषय भएकोले बोधी श्रवण धर्म संघ केन्द्रीय कार्यालय त्यस कुकृत्यको भत्र्सना र खण्डन गर्दछ ।’
संघका संस्थापक अध्यक्ष एंव् पूर्वमन्त्री मणि लामाले गुरुमाथि लागेको आरोपमा कुनै सत्यता नरहेको जनाउँदै उनले कपोकल्पित र झुठो आरोपको सरकारले खोजबिन गर्नुपर्ने जनाए । उनले भने,‘गुरुमाथि लागेको आरोपको सरकारले छानबिन गर्नुपर्छ । जसले जे आरोप लगाएपनि सत्यको जित हुन्छ ।’
उनले मानव अधिकारको नाममा गुरुमाथि यस्तो आरोप लगाएर अमानवीय काम गरिएको आरोप लगाए । उनले यस्तो निराधार आरोप लगाएर देशी तथा विदेशी तत्वहरुले नेपालमा धार्मिक सद्भाव खलबलाउन खोजिरहेको बताउँदै यसतर्फ सरकारको गम्भिर ध्यानाकार्षण हुनुपर्ने पनि जनाए ।




















