कञ्चनपुर घटना छानबिनमा खटाइयो एसपी दुर्गा सिंह (चन्द)

324

कञ्चनपुर/ कञ्चनपुर घटनाका पीडित तथा स्थानीयसँग समन्वय गरि अनुसन्धान प्रभावकारी बनाउनको लागि प्रहरी मुख्यालयले एसपी दुर्गा सिंह (चन्द) लाई महेन्द्रनगर खटाएको छ।

उनले घटनाको अनुसन्धान समिति तथा जिल्लाका प्रहरी प्रमुखलाई सघाउने जनाइएको छ । एसपी चन्द सो क्षेत्रको स्थानीय भएकाले पनि घटनाको अनुसन्धानमा समन्वय गर्न र पीडितलाई सान्त्वनाका लागि मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

‘महिलासँग सम्बन्धित घटना भएकाले महिला प्रहरी अधिकारी खटिँदा अनुसन्धान तथा समन्वय गर्न सजिलो हुने भएकाले उनलाई कञ्चनपुर पठाइएको हो,’ प्रहरी मुख्यालय स्रोतले जनाएको छ ।

एसएसपी बढुवाको लाइनमा रहेकी एसपी चन्द व्यावसायिक प्रहरी अधिकारी मानिन्छन् । यसअघि दाङको प्रहरी प्रमुख हुँदा उनले त्यहाँको आपराधिक सञ्जाल निर्मूल पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् ।

डीआईजी धिरु बस्न्यातको संयोजकत्वमा बनेको नयाँ छानबिन समितिले निलम्बित प्रहरी अधिकारीको बयान थालेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here