काठमाडौं/ बाराको निजगढमा बनाउने भनिएको अन्तर्राष्ट्रिय विमानस्थल सर्लाहीको सागरनाथमा बनाउँदा उपयुक्त हुने नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले जानकारी दिएका छन् ।
बुधबार मानसरोबरको यात्रामा निस्कनुअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै डा। कोइरालाले निजगढ नजिकै सर्लाहीको सागरनाथमा ३ हजार बिघा जग्गा रहेकाले त्यही जग्गामा अन्तर्राष्ट्रिय विमानस्थल बनाइनुपर्ने धारणा व्यक्त गरेका छन् ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा २४ लाख रुख काट्ने खबरले आफ्नो ध्यान आकृष्ट गरेको जनाउँदै एकैपटक यति धेरै रूख काट्दा वातावरणमा नकारात्मक असर पर्ने भन्दै उनले भयावह अवस्था आउनसक्ने तर्फ सबै सजग हुनुपर्ने जानकार िदिए ।

















