निर्मलाको न्यायका लागि विद्यार्थी परिषद

324

दाङ/ प्राज्ञिक विद्यार्थी परिषद् नेपाल घोराही नगर इकाईको आयोजनामा निर्मलाको न्यायका लागी तथा देशभर बढेको महिला हिंसा विरुद्ध दबाब र्याली सम्पन्न गरेको छ ।

बलात्कारी सावधान -जागेका छन नौजवान ।
बलात्कार देशमा बढ्दैछ -सरकारको आयु घट्दै छ।
बढेका छन बलात्कारी – जहाँ छन राष्ट्रपति भण्डारी ।
निर्मला तिमी भगवानको साथमा – बलात्कारी सरकारको काखमा ।
ओली सरकारको पाराले – दुःख पाए साराले।
नारी सम्मान सुरक्षा – देशको रक्षा ।
ज्ञान शील एकता – परिषदको विशेषता ।
मेचीदेखि महाकाली – हामी सारा नेपाली ।
नेपाल आमाको जय ।…… लगाएत नाराहरु लगाउँदै बजार परिक्रमा गरेको थियो ।

घोराही नगर इकाईले सुरु गरेको र्याली  शान्ति सुधा स्कुलबाट सुरु भई -अदालत – शहिदगेट – वि.पि चोक-बुद्ध हस्पिटल -निमाहल रोड-साहि मन्दिर बैंकरोड दामोदर चोक हुँदै तुल्सिपुर चोकमा कोण सभा गरि समापन गरियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here