काठमाडौं । के तपाई रियल ब्रष्ट म्याङ्गो जुस खानु भएको छ रु खानु भएको छ भने अब होसियार ! भरखरै डावर नेपाल प्रा।लि।द्वारा उत्पादित रियल ब्रष्ट म्याङ्गो जुसमा अनौठो तरल पदार्थ भेटिएको पाल्पाको बाष्टारीबाट एक व्यक्तिले भिडियो मार्फत सार्वजनिक गरेका छन् । बारा जिल्लाको रामपुरमा उत्पादन भएको एक प्याकेट म्याङ्गो जुसमा यस्तो अखाद्य तरल पदार्थ भेटिएको हो । २०१८ जुन १८ मा उत्पादन भएको यो म्याङ्गो जुस खान खोज्दा यस्तो अनौठो तरल पदार्थ भेटिएको थियो ।
यस्तो पदार्थ उत्पादन गर्ने कम्पनीको रजिष्ट्रेशन नं. ३५०६/०४५/०४६ रहेको छ भने डिएफटिक्यूसी लाईसेन्स नं. ०१–३३–५५–०३–२१८ रहेको छ । यो त एउटा उदाहरण मत्र हो । यस्ता अखाद्य पदार्थहरु हजारौ नेपालीहरुले थाहा नपाएर सेवन गरिरहेका छन् । यदि यस्ता अखाद्य पदार्थहरुको सेवन, थाहा नपाएर गरियो भने मानव स्वास्थ्यमा खराब असर पर्दछ । यस्ता स्वास्थ्यसँग जोडिएको विषयमा खेलवाड गर्न कम्पनीको नेपाल सरकारले चाडै अनुगनम गरी कारबाही गर्न उक्त भिडियो सार्वजनिक गर्ने व्यक्तिको माग रहेको छ ।
सार्वजनिक गरिएको यो भिडियो हेर्नुहोस् :–















