सल्यान/ वर्षातले विग्रीका सडक कपुरकोट गाउँपालिकाले सहज तरिकाले गाडी चल्न सक्ने गरि मर्मत गर्ने भएको छ । तरकारी र फलफुल खेतीका लागी प्रसिद्ध सल्यान कपुरकोट क्षेत्रका किसानले गाउँमा उत्पादन गरेको कृषिजन्य वस्तु बजार सम्म लग्न कुनै बाधा नपरोस् भनेर वर्षाले विग्रीएका कृषि सडकहरु मर्मत गरेको गाउँपालिकाले फेरि पूर्ण रुपमा मर्मत गर्ने भएको हो ।
सोमबार बसेको मर्मत सम्भार व्यवस्थापन समितीको बैठकले तत्काल स्टमेट तयार गरि गाउँपालिकाभित्रका सडकहरु मर्मत गर्ने निर्णय भएको गाउँपालिकाका सूचना अधिकारी जीवराज केसीले जानकारी दिए ।
बैठकमा गाउँपालिका अध्यक्ष तथा समितीका संयोजक भिम बहादुर सेनले इन्जीनियर तथा प्राविधिकहरुलाइ सामान्य मर्मत गरेका सडकहरु स्टमेट तयार गरि दशैँ अगाडी पूर्ण रुपमा गाडी सञ्चालन हुने गरि मर्मत सम्भार गर्न निर्देशन दिए । उनले भने, ‘कुनै वडामा पनि नागरिकले सास्ती नपाउने गरि मोटरबाटोहरु मर्मत गर्नुस् ।’ अहिले सबै वडाका मुख्य सडकहरुमा सामान्यतया गाडी सञ्चालन भइरहेका छन् ।
वर्षायामभर पहिरो तथा खाल्डाखुल्डीले विग्रीएका सडक गाउँपालिकाको निर्णय बमोजिम तत्काल मर्मत सम्भार गरि सूचारु गरिएको थियो । जसले गर्दा किसानहरुलाइ ठूलो सहयोग मिलेको थियो । गाउँपालिका स्तरिय कृषक मुल समितीका अध्यक्ष इश्वर बुढाले गाउँपालिकाले तत्काल सडक मर्मत गर्दा किसानको तरकारि खेतबारिमै कुहिने स्थीती नआएको बताए । उनले भने, ‘गाउँपालिकाले किसानको पक्षमा गरेको यो निकै महत्वपूर्ण कदम हो ।’
सडकहरुको मर्मत सम्भारका लागी गाउापालिकाका इन्जीनीयर भुपेन्द्र यरी सहित ३ जना प्राविधिक र अन द जव ट्रेनिङमा आएका थप ३ जना कर्मचारि खटिने गाउँपालिकाले जनाएको छ ।


















