बलात्कृत हुने महिला, बेइज्जत पनि महिलाकै ?

250

काठमाडौं / बलात्कारका घटनाबारे समाचार सुन्न नपरे हुन्छ जस्तो लाग्छ तर हामी दिनदिनै यस्ता समाचार सुन्न बाध्य छौं । दैनिकजस्तो हुने गरेका यस्ता घटनामा पीडकहरु कतिपय अवस्थामा कारवाहीमा परेपनि थुप्रै बालिका, युवती, महिला पीडित त छन् नै साथै उनीहरुको हत्यासमेत हुने गरेको छ ।

क्रियाशील पत्रकार महिला,(WWJ)ले आइतबार सन्डेक्लवमा ‘समाजमा बढ्दो महिला बलात्कार’ विषयक विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार महिलाहरु बीच छलफल कार्यक्रमको आयोजना गरेको थियो ।

उक्त छलफल कार्यक्रममा स्रोत व्यक्ति तथा अनुसन्धानकर्ता डा. ल्हामु शेर्पाले बलात्कृत महिला तथा बलात्कारीका सम्बन्धमा आफूले गरेको अध्ययनले पितृसत्तात्मक व्यवहार नै यसको प्रमुख जड रहेको उल्लेख गर्नुभयो । उहाँ भन्नुहुन्छ, बलात्कारीलाई प्रहरीले जाहेरी नलिएर लुकाउछ, संचारमाध्यमले बलात्कारीको फोटो तथा समाचार नदिएर लुकाउछ । बलात्कारमा पुरुष नै बढी दोषि हुने उल्लेख गर्दै उहाँ प्रतिप्रश्न गर्नुहुन्छ– बलात्कृत हुने महिला, पीडित पनि महिला, बेइज्जत हुने पनि महिलाकै ?

डा. शेर्पाका अनुसार, कस्ता पुरुष बलात्कारी हुन सक्छन् भन्ने खालको थुप्रै अन्तर्राष्ट्रिय अध्ययन भएका छन् । ती अध्ययनले पनि महिलालाई निचो देखाउने फोहर शव्द प्रयोग गर्ने, अहंकारी, ज्यादा इष्र्या गर्ने, छिटो छिटो रिस उठ्ने, छिन छिनमा श्रीमतीको मोबाइल जाँच गर्ने खालको स्वभाव भएका पुरुष बलात्कारी भएको देखिएको कुरा उहाँले कार्यक्रममा जानकारी गराउनुभयो ।

अन्तराष्ट्रिय अनुसन्धानले निकालेको निष्कर्षका सम्बन्धमा बोल्दै उहाँले भन्नुभयो– जो व्यक्ति बढी रिसाहा, इष्र्या , शंका गर्ने खालको, अहंकारी, नराम्रो शब्दहरु प्रयोग गर्ने त्यस्तो स्वभावको हुन्छ त्यस्ता व्यक्तिबाट बढी बलात्कारको घटना भएका छन् । तर हाम्रो समाजमा भने यो भन्दा फरक खालको पनि हुन सक्छ किनभने हाम्रो समाज पित्तृसत्तात्मक सोचबाट ग्रसित समाजमा हो ।

बलात्कारको घटनामा विशेषतः महिलालाई नै दोषि देखाइन्छ जबाकि यसमा पुरुषपनि उत्तिकै दोषि हुन्छन् । विशेषगरि न्युन आर्थिक अवस्था, कमजोर महिलाहरु बढी बलात्कार घटनामा पर्ने गरेको पाइन्छ । उहाँ भन्नुहुन्छ– १५ देखि २५ वर्षभित्रका महिलाहरुमा सूचनाको पहुँच एकदमै कम हुने हुँदा पनि यो उमेर समूहका महिला बढी बलात्कृत भएका छन् । त्यसैले यो उमेर समूहका महिलालाई सचेत रहने विभिन्न उपाय तथा सुचनाको पहुँच पु¥याउनुपर्छ ।

डा. शेर्पाले भन्नुभयो– बाबुआमाले दिएको वातावरण बच्चाले सानैमा सिक्छ र त्यही व्यवहार ठूलो भएपछि अपनाउँछ । तर अहिले बालिकाहरु बलात्कृत हुने वातावरणले बालिकाहरुको शिक्षा पाउने वातावरण अन्त्य भएको छ, उनीहरुको चाँडो विवाह हुन थाल्यो भने नेताहरुले भन्न थालेको समृद्धि कहाँबाट आउँछ ?

कार्यक्रममा क्रियाशील पत्रकार महिला (WWJ)का केन्द्रिय अध्यक्ष अमिका राजथलाले महिलालाई दबाएर राख्नुपर्छ भन्ने खालका परम्परागत व्यहार, महिलाका लागि प्रयोग हुने हेपाहा भाषाले बालबालिकाको हुर्काइमा पर्ने प्रभाव तथा दण्डहीनता जस्ता पक्षले बलात्कारी मानसिकतालाई प्रश्रय दिएको

कार्यक्रममा शहरउन्मुख जीवन प्रणाली, एउटै कोठामा सबै उमेर समूहका परिवार कोच्चिएर बस्दा हुर्कदो बालबालिकामा नकारात्मक असर पर्ने गरेको कुरा पनि छलफल भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here