प्रधानसेनापतिबाट उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान

232

काठमाडौं/ प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले उपरथी दर्जामा पदोन्नति हुनु भएका कल्याणकारी योजना निर्देशनालयका सहायक रथी रघु भण्डारी र रणनीति तथा दीर्घकालिन योजना निर्देशनालयका सहायक रथी नरेश चन्द्र भट्टलाई आइतबार जंगी अड्डामा आयोजित एक बिशेष समारोहका बीच उपरथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गर्नु भएको छ ।

साथै, उपरथी दर्जामा पदोन्नति हुनु भएका उपरथी रघु भण्डारी संभाररथीेको कार्यालय र उपरथी नरेश चन्द्र भट्ट व्यवस्था नीति तथा योजना महानिर्देशनालयको महानिर्देशकमा सरुवा नियुक्ति हुनु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here