सम्मान तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

236

काठमाडौं । सांस्कृतिक सम्पदा निर्माण अभियानमा जुटेका अभियान्ताहरूलाई सम्मान तथा बडा दशैँ, तिहार, न्हूदँ ११४२ तथा छठ पर्वको अवसर शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

नःघः त्वाः सांस्कृतिक सम्पदा संरक्षण कार्यदलको आयोजनामा ‘हाम्रो टोल, हाम्रो गौर, झीगु त्वाः झीगु म्हसिका’ नाराका साथ नःघः निर्माण कार्य सम्पन्न भएको अवसरमा काठमाडौं महानगरपालिका वडा नं.२५ वडाका अध्यक्ष निलकाजी शाक्य, तथा पुरात्व प्रतिनिधि सांस्कृतिक विज्ञहरुको सहयोगमा ऐतिहािसक र लोप हुन लागेको घः अर्थात नःघः निमार्णमा साथ दिने सम्पूर्ण अभियन्ताहरुलाई एक कार्यक्रकमको आयोजना गरि सम्मान गरेको छ ।

आफूहरू  सम्मानित हुन पाएको थप हौसला बढेको जनाउँदै अभियान्ता सन्जय महर्जनले पुर्खाले सिर्जेका मौलिकता झल्किने मठमन्दिर संरक्षण, सम्बर्द्वन गर्नु सबैकाे दायित्व भएको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here