सर्वाेच्चको आदेशपछि प्रकाण्ड थुनामुक्त

120

काठमाडौँ, १० असोज । सर्वोच्च अदालतको आदेश पछि नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड थुनामुक्त भएका छन् ।

प्रकाण्डलाई मंगलबार साँझ थुनामुक्त गरिएको हो । व्यापारीसँग चन्दा असुलेको आरोपमा पक्राउ परेका प्रकाण्डलाई न्यायाधीश अनिलकुमार सिन्हा र टङ्कबहादुर मोक्तानको संयुक्त इजलासले मंगलबार थुनामुक्त गर्न आदेश दिएको थियो । प्रकाण्डलाई अदालतका रजिष्ट्रार राजनप्रसाद भट्टराईको रोहवरमा थुनामुक्त गर्न आदेश जारी भएको थियो ।

आदेशमा प्रकाण्डलाई गैरकानूनी रुपमा थुनामा राखिएको देखिएको र पटक पटक थुनामुक्त गर्ने आदेश गर्दा पनि राज्यका निकाय गम्भीर नभएको उल्लेख छ । अदालतले प्रकाण्डलाई थुनामुक्त गर्न आदेश दिएको यो पाँचौँ पटक हो । यस अघी अदालतले थुनामुक्त गर्न आदेश दिएलगत्तै प्रकाण्ड पुनः पक्राउ पर्दै आएका थिए । यस पटक भने प्रहरीले उनलाई पक्राउ गरेन ।

प्रकाण्डलाई व्यापारीसँग रु सात करोड चन्दा असुली गरेको आरोपमा चन्दा ऐन, २०३० अनुसार काठमाडौँ प्रहरीले कारवाही अघि बढाएको थियो ।
पछिल्लो पटक मंगलबार थुनामुक्त हुँदै गर्दा प्रकाण्डले सर्वाेच्च  हुँदै प्रकाण्डले सर्वोच्च अदालत परिसर बाहिरबाट सरकारसँग आक्रोश पोख्दै सरकारलाई भदौमा उम्रेको च्याउको संज्ञा दिएका थिए । सरकारको आयु धेरै लामो समय नभएको भन्दै प्रकाण्डले आफूहरुसँग बन्दुक भएकाले त्यसैको त्रासले आफूलाई रिहा गरेको प्रतिक्रिया जनाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here