नेप्सेमा आज दोहोरो अंकको गिरावट

67

काठमाडौं । निषेधाज्ञाबीच साताको पहिलो दिन उच्च अंकले बढेको नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेपालको पुँजीबजार मापक नेप्से दोहोरो अंकले ओरालो लागेको हो।

आज नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक १२।३६ अंकले घटेर २६५२।७५ विन्दुमा कायम भएको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ओरालो लागेको छ। सेन्सेटिभ २।६९ अंकले घटेर ४७५।१३ विन्दुमा कायम भएको छ।

नेप्से परिसूचक घटे पनि कारोबार रकम बढेको छ। आज कूल सात अर्ब ५२ करोड ९२ लाख ९० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। आज २१६ वटा कम्पनीका एक लाख ५९ हजार ४९९ कित्ता सेयर ८८ हजार ४८३ पटक खरिद(बिक्री भएका थिए।

आज विशाल बजार कम्पनी लिमिटेड र नेसनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै समान ९।९९ प्रतिशतका दरले कमाएका छन्। हिमालयन ऊर्जा विकास कम्पनी लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै प्रतिकित्ता ३।५८ प्रतिशतका दरले गुमाएका छन्।

आज अपी पावर कम्पनी लिमिटेडको सबैभन्दा धेरै ३९ करोड ३५ लाख ५९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सङ्ख्यात्मक आधारमा सनराइज फर्स्ट म्युचुअल फण्ड अगाडि रह्यो। आज उक्त फण्डका ११ लाख ९५ हजार १०१ कित्ता सेयर किनबेच भएका थिए। सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सेयर सबैभन्दा बढी आठ हजार ९६८ पटक खरिद(बिक्री भएको नेप्सेले जनाएको छ।

आज इन्भेस्टमेन्ट र माइक्रोफाइनान्स समूहबाहेक सबै समूहको परिसूचक ओरालो लागेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here