सेनाले आन्तरिक भ्रष्टाचार हेर्ने सैनिक विशेष अदालत सक्रिय बनाउने

508

काठमाडौं । नेपाली सेना भित्र भ्रष्टाचार र आर्थिक अनियमितता बढेको गुनासोसँगै सैनिक विशेष अदालत सक्रिय बनाउने तयारी गरेको छ । नयाँ प्रधानसेनापति पुर्णचन्द्र थापाले त्यसप्रती कडा रुप अपनाउने घोषणा गर्नुभएको छ । प्रधानसेनापति थापाले आफ्नो जिम्मेवारी समाले लगतै गरेको सम्बोधनमा सेनाभित्र भ्रष्टाचारलाई हेर्ने निकाय नभएको आम धारणा आईरहेको हुँदा त्यसलाई परिवर्तन गर्न आफुले कदम चाल्ने प्रतिवद्धता जनाउनु भएको थियो ।

सेनामा भ्रष्टाचार बढेको भन्दै संसद र संचारमाध्यममा गुनासो आएपछि थापाले यो विषयलाई निकै प्राथमिकताका साथ अघि बढाउन चाहेको बुझिन्छ । विशेष अदालतलाई सेनाभित्र हुने भ्रष्टाचार रोक्न सक्षम बनाउनुपर्छ भन्ने आफ्नो धारणा रहेको सम्बोधनको क्रममा प्रधानसेनापतिले व्यक्त गर्नुभएको थियो । यसमा पिएसओज र रथीवृन्दको विशेष भुमिकाको अपेक्षा प्रधान सेनापति थापाले गर्नुभएको छ । सम्बोधनका क्रममा प्रधानसेनापतिले भ्रष्टाचारको बिषयमा विभागीय प्रमुखहरुलाई समेत गम्भीर हुन निर्देशन दिनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here