कपुरकोट गाउँपालिका अध्यक्षद्धारा सडक र वडा कार्यालयको अनुगमन

280

सल्यान/ कपुरकोट गाउँपालिकाका अध्यक्ष भिम बहादुर सेनले मर्मत सम्भार भइरहेका सडक, वडा कार्यालय तथा स्वास्थ्य इकाइको सोमबार अनुगमन गरेका छन् । उनले कपुरकोट देखि फालावाङ जोड्ने सडकको मर्मत कार्य, वडा नम्बर ४ को वडा कार्यालय तथा सामुदायीक स्वास्थ्य इकाइ अनुगमन गरी आवश्यक निर्देशन दिएका हुन् ।

वडा कार्यालय तथा स्वास्थ्य इकाइका कर्मचारिको हाजिरी, सेवा प्रवाहको अवस्था तथा गाउँपालिकाले राखेका सडक कामदारहरुको कामको स्थलगत अनुगमन गर्दै अध्यक्ष सेनले कर्मचारिहरुलाइ कुनै पनि जनगुनासो नआउने गरि काम गर्न निर्देशन दिए । वर्षातले विग्रीएका सम्पूर्ण मोटरबाटोहरु मर्मत कार्यलाइ जारि राखेको गाउँपालिकाले बाटो संरक्षण र मर्मतमा उपभोक्ताको पनि भूमिका हुनुपर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here