आई एम एस ग्रुप अब नेपालकालागि DJI को आधिकारिक बिक्रेता

400

काठमाडौं/ द्रोन व्यवसायको ७० % बजार हिस्सा ओगटेको DJI विश्वकै सबैभन्दा शिर्ष स्थानमा पर्ने व्यवसाय हो । camera drone, एरियल फोटोग्राफीको stabilizer र भिडियोग्राफिका DJI विश्व प्रख्यात छ ।

विशेष श्रीजनशिलता, निर्देशन र सिनेम्याटोग्राफी भएको DJI, कम उचाई एरियल तस्बिरका लागि पहुच योग्य छ । अतुलनीय अनुसन्धान र विकाश भइरहने यस ब्राण्ड नवीनतामा अग्रसर छ जसले गर्दा जटिल प्रबिधि पनि सजिलो यन्त्रमा परिणत हुन्छ ।

आई एम एस ग्रुपले नेपालमा हाललाई तल उल्लेखित DJI का मोडलहरु उपलब्ध गराउनेछः

  • Mavic 2 Zoom
  • Spark Controller Combo White
  • Mavic Air Black
  • Mavic Air White
  • Tello Global
  • Phantom 4 Pro V2.0
  • Spark Fly More Combo Red
  • Tello Boost Combo
  • Osmo Mobile 2
  • Osmo Mobile 2 Part 1 Base

माथि उल्लेखित मोडलहरु संगै DJI का अरु नयाँ मोडलहरु पनि छिट्टै नेपाली बजारमा उपलब्ध हुनेछन । साथै कम्पनीले यी सबै मोडलहरु स्मार्ट डोको मार्फत अनलाइन पनि उपलब्ध गराएको छ ।

आई एम एस ग्रुपका प्रमुख कार्यकारी निर्देशक दिकेश मलहोत्राले ‘फेरी पनिअर्को अन्तराष्ट्रिय ब्राण्डको बिक्रेता हुन पाएको र DJI Drone नेपाली बजारमा भित्रयाउन पाएकोमा हामी एकदमै खुसी छौं । भिडियोग्राफी र फोटोग्राफीको बढ्दो माग भएको विकासन्मुख डिजिटल जमानामा Drone व्यवसायप्रति हामी एकदमै सकारात्मक छौ । हाम्रो लक्ष्य भनेको ग्राहकको सन्तुष्टि र अनुभवमा निरन्तर सुधार गर्नु नैै हो’ भन्नुभयो ।

आई एम एस गु्रपको बारेमा 
आई एम एस गु्रप २० ओटा कम्पनीहरुको साझा समूह हो । यो गु्रप SAMSUNG मोबाइलको नेपालका लागि आधिकारिक बिक्रेता पनि हो । आई एम एस सन् १९९८ मा पहिलो पटक नेपालमा मोबाइल भित्रयाउने आधिकारिक गु्रप हो । यस गु्रपले स्थापना भएको २५ वर्षमा नै अतुल्य सफलता हासिल गरेको छ भन्ने कुराको पुस्टि यस गु्रपको ब्यानर अन्तर्गत आउने विभिन्न कम्पनीहरुको संख्या बाटै बुझ्न सकिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here