विवेकशील साझा निर्मला पन्तको घरमा पुगेर समवेदना र एक्यवद्धता पुनः व्यक्त

221

कञ्चनपुर / विवेकशील साझा पार्टीका संयोजकहरू रवीन्द्र मिश्र र उज्वल थापा लगायतका केन्द्रीय नेतृत्वले निर्मला पन्तको बुवा-आमालाई भेटेर समवेदना र एक्यवद्धता पुनः व्यक्त गरेको छ।

हिजो बुधवार मिश्र र थापा निर्मला पन्तको घर निम्बुखेडा (कञ्चनपुर) नै गएर निर्मला पन्तको आमा बुवालाई भेटेका थिए। भेटमा निर्मला पन्तका आमा-बुवाले ‘हामीले केही खोजेको छैन, सिर्फ न्याय खोजेको हौँ।’ भन्दा उपस्थित सबैको आँखा भरिएको थियो।

संयोजक उज्वल थापाले सरकारले छिटोभन्दा छिटो छानबिन गरेर असली हत्यारा बाहिर ल्याउनुपर्नेमा जोड दिएका थिए। साथै, उनले सरकारलाई दबाब दिन आफू अनि आफ्नो पार्टी लागि परेको समेत जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here