दरबारमार्गमा भएको सामुहिक बलात्कार प्रकरणका मुख्य अभियुक्त गौतमद्धारा आत्मसमपर्ण

94

काठमाडौं/ दरबारमार्गको चर्चित होटल ल्याण्डमार्कमा भएको भनिएको सामुहिक बलात्कार प्रकरणका एक अभियुक्तले जिल्ला अदालत काठमाडौंमा आत्मसमपर्ण गरेका छन् ।

काभ्रे स्थायी घर भएका विकास गौतमले आत्मसमर्पण गरेका हुन् । बुधबार साँझ ५ बजे जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ । अदालतको आदेशले उनलाई डिल्लीबजार कारागार चलान गरेको जानकारी दिएको छ ।

माघ ७ गते राती भएको सो घटनामा दाङ स्थायी घर भएकी युवतीको केटा साथी भनिएका रामेछापका शैलेस कार्कीसहितको समूहले होटलमा सामूहिक बलात्कार गरेको घटनामा दरबारमार्गका तत्कालिन प्रहरी इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीसहितका प्रहरी अधिकृतहरुले गुपचुपमा मिलात्रप गराएका थिए ।

शैलेस कार्कीसहित विकास गौतम, रवि पौडेल र दिपक श्रेष्ठले सामूहिक बलात्कार गरेको भन्दै युवतीले प्रहरीसमक्ष लिखित जाहेरी दिएकी थिईन् ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी र महानगरीय प्रहरी परिसर काठमाडौंले समिति गठन गरेर अनुसन्धान गर्दै इन्सपेक्टर ठकुरी र मुद्दा शाखाका प्रहरी नायब निरीक्षक ९सई० चन्द्र भण्डारीलाई निलम्बन गरेको थियो ।

युवतीको बयानका आधारमा पक्राउ परेका शैलेस कार्की र युवतीबिच महानगरीय प्रहरी वृत दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले कार्यालय बाहिर कागज बनाएर मिलापत्र गराईदिएको प्रहरी स्रोतको भनाई छ ।

इन्सपेक्टर ठकुरीले आर्थिक लाभ लिएर कागज गरेको आशंकामा महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी रामदत्त जोशीको कमाण्डमा छानबिन समिति गठन गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here