काठमाडौं/ पानीपोखरीस्थित केन्द्रीय कार्यालय रहेको आइएमई लिमिटेड र मध्यबानेश्वरमा अवस्थित भेनस अस्पतालबीच गत बिहीबार सम्झौता भएको छ ।
सम्झौता अनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीहरू र आइएमईमा कार्यरत कर्मचारीहरूले भेनस अस्पतालको सेवामा क्रमशः १० र १५ प्रतिशत विशेष छुट पाउनु हुनेछ । यो छुट सुविधा अस्पताल भित्रको सेवामा मात्र लागु हुनेछ भने अस्पतालको फार्मेसी सेवामा सेवाग्राहीहरू र कर्मचारीहरू दुवैले जम्मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नु हुनेछ ।
सेवाग्राहीहरू हकमा यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड र कर्मचारीहरूले आइएमई केन्द्रीय कार्यालयले जारी गरेको परिचय पत्र अस्पतालको ओपीडी शाखामा देखाउनु पर्नेछ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट बजार अधिकृत अविनाश श्रेष्ठर भेनस अस्पतालको तर्फबाट अध्यक्ष राम ढकालले हस्ताक्षर गरेका छन् ।
यो सम्झौता पत्रमा हस्ताक्षर भएको मितिले २ वर्षसम्मका लागि लागु हुनेछ। आइएमईसँग आवद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले जनाउनुभयो ।
आफ्नो स्थापना देखिनैे रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु¥याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको १८ औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामिण क्षेत्रलाई समेट्ने गरी १ सय ७४ आइएमई सेन्टरसहित ७७ जिल्लाका ८ हजार १ सयभन्दा बढी सव–एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखा मार्फत विदेशमा कार्यरत नेपालीहरुले दुःख गरी कमाएको रकम देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा छिटो, छरितो,विश्वसनीय र सुरक्षित तवरबाट वितरण गर्दै आईरहेको छ ।


















