किर्तिपुरमा मेडिसिटीद्वारा सचेतना कार्यक्रम

222

काठमाडौं/ मुटुरोगको विषयमा जनचेतना अभिवृद्धि गर्ने उद्धेश्यले ‘सिकुछे थछे म्हाइमाच’ समूहको सहकार्यमा नेपाल मेडिसिटीले स्वास्थ्य सचेतना कार्यक्रमको आयोजना गरेको छ ।

किर्तिपुरको पांगामा आयोजित सो सचेतना कार्यक्रममा नेपाल मेडिसिटीको क्रिटिकल केयर तथा नन् इन्भेसिभ कार्डियोलोजी विभागका प्रमुख डा. लव नर्सिङ्ग जोशीले जानकारीमूलक सल्लाह एवं जानकारी दिनुभएको छ ।

झण्डै १०० जना ज्येष्ठ नागरिकका लागि आयोजना गरिएको सचेतनामूलक कार्यक्रममा डा.जोशीले मुटुरोगको परिचय संगसंगै यसका कारण, लक्षण र उपचारको बारेमा जानकारी गराउनुभएको थियो । आजको समयमा जिवनशैलीनै धेरै रोगको कारण भएकाले यसमा विशेष ध्यान दिन जरुरी रहेकोमा डा. जोशीले जोड दिनुभयो ।

Image may contain: 13 people, people smiling, people sitting and crowdImage may contain: 13 people, people sitting and crowd

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here