दाङ / रिपोटर्स क्लव नेपाल दाङ शाखाको वार्षिकोत्सव एव पुरस्कार वितरण कार्यक्रम हुने भएको छ । अबको यात्रा विकास र समृद्धि भन्ने मुख्य नाराका साथ अशोज २७ गते तुलसीपुुरमा बार्षिक उत्वस तथा पुरस्कार वितरण कार्यक्रम हुने भएको हो ।
सो अवसरमा जिल्लामा क्रियाशिल एक दर्जन वढि पत्रकारहरुलाई क्लबमा स्थापना भएको विभिन्न पुरस्कारद्धारा पुरस्कृत गरिने भएको छ ।
त्यसैगरि सोहि दिन क्लवको प्रदेश नम्वर ५ को प्रदेश भेला समेत आयोजना गरिने क्लवका अध्यक्ष शरद रेग्मीले जानकारि दिनु भयो भएको छ । क्लबको वार्षिक उत्वसको उदघाटन प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महराले गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा क्लवलाई बिभिन्न समयमा सहयोग पु¥याउने तथा समाजका विभिन्न क्षेत्रमा उत्कृष्ट कार्यगर्ने सामाजिक अभियन्ता एवम जनप्रतिनिधिहरुलाई सम्मान समेत गरिने क्लवका सचिव बिमल गौतमले जानकारि दिनुभयो ।
अशोज २७ गते बिहान ७ बजे तुलसीपुर उद्योग बाणिज्य संघको सभाहलमा हुने कार्यक्रममा रिपोटर्स क्लव नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमला , संघ तथा प्रदेश सभाका सदस्यहरु , बिभिन्न दलका नेता लगाएतका अतिथिहरुको सहभागिता हुने गौतमले जानकारी दिनु भयो । यसैविच क्लवको वार्षिक उत्सव तथा पुरस्कार वितरण कार्यक्रमको तयारि सम्वन्धमा आज क्लवको वैठक बसेको छ ।
क्लवका अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा वसेको वैठकले वार्षिक उत्वसलाई भव्य रुपमा सम्पन्न गर्नका लागी विभिन्न उपसमिति समेत गठन गरेको छ । जस अन्र्तगत क्लवका अध्यक्ष शरद रेग्मीको संयोजकत्वमा पुरस्कार छनौट समिति गठन गरिएको छ ।
त्यस्तै गरि सचिव बिमल गौतमको संयोजकत्वमा प्रचार प्रसार ,कोषाध्यक्ष बालाराम खडकाको संयोजकत्वमा आर्थिक समिति र सदस्य सुधा सुमन ढकालको संयोजकत्वमा स्वागत तथा सम्मान समिति गठन गरिएको छ । २०६७ सालमा दाङ जिल्लामा स्थापना भएको क्लवले यस अघि २ पटक वार्षिक उत्वस तथा पुरस्कार वितरण कार्यक्रम गरि दर्जन वढि पत्रकारहरुलाई पुरस्कृत तथा विभिन्न ब्यक्तिहरुलार्ई सम्मान गरि सकेको छ ।
त्यस्तै क्लव स्थापना भएको ९ वर्षमा तिन पटक देशमै उत्कृष्ट शाखा सम्मान तथा एक पटक सवै भन्दा धेरै कार्यक्रम गर्ने शाखाको रुपमा सम्मानित भै सकेको छ । जिल्लाको क्रियाशिल पत्रकारहरुको साझा संस्थाको रुपमा रहेको क्लवले जिल्लामा हुने बिभिन्न राजनितिक क्रियाकलाप , बिकास , खेलकुद , कला लगायतका क्षेत्रमा बहस तथा अन्र्तक्रिया कार्यक्रम गर्दै आएको छ ।




















