अष्ट्रियाका नागरिक प्रहरी फन्दामा

160

कास्की/ पोखरा महानगरपालिका-६ खहरे बस्ने तनहुँका ३४ बर्षीय शिब श्रेष्ठलाई चक्कु प्रहार गरेको अभियोगमा अष्ट्रियाका नागरिक ३३ वर्षीय डोमिनिक एडरलाई पोखरा महानगरपालिका-६ बाट सोमबार प्रहरीले पक्राउ गरेको छ ।

मादक पदार्थ सेवन गरेका डोमिनिकले सेदी खहरे जाने क्रममा सेदीको पुलमा श्रेष्ठलाई चक्कु प्रहार गरी गम्भीर घाइते बनाएको खबर प्राप्त भएपछि खटिएको वडा प्रहरी कार्यालय बैदामको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

घाइते श्रेष्ठलाई उपचारको लागि चरक मेमोरियल अस्पताल लगिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here