ट्रायल फेल गरेकालाई लाइसेन्स दिइएको फेला

118

 काठमाडौं/ अख्तियार दुरूपयोग अनुसन्धान आयोगले ट्रायल फेल गरेकालाई लाइसेन्स दिएको भन्दै १० जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

आयोगले यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमतिपत्र कार्यालय, एकान्तकुनाका प्रमुख तेजनारायण यादवसहित १० जनाविरूद्ध मुद्दा दायर गरेको हो ।

ट्राइल फेल वा ट्रायल नै नदिएकालाई पनि सवारी चालक अनुमतिपत्र दिएपछि सोही कार्यालयका शाखा अधिकृतहरू शिवप्रसाद सुवेदी, विष्णुप्रसाद सुवेदी, ईश्वरराज रेग्मी, भूपराज दाहाल र मेकानिकल इन्जिनियर श्याम केसीविरुद्ध मुद्दा दायर भएको हो ।

‘अनुसन्धानको सिलसिलामा यी कार्यालयबाट गत माघ १ देखि फागुन २५ गतेसम्म कार, जिप, डेलीभरी भ्यानको प्रयोगात्मक परीक्षामा परीक्षाको नतिजा फेरबदल एवं थपघट गरी गराइ २०४ वटा सवारी चालक अनुमतिपत्रहरु जारी गरिसकेको पाइएकोले उनीहरु माथि मुद्दा दायर गरिएको विज्ञप्तीमा जारी गरेको छ ।

यसैगरी ठूलोर्भयाङ कार्यालयका शाखा अधिकृत शालिग्राम पौडेल, यातायात व्यवस्था विभागका कम्प्युटर अपरेटर लक्ष्मण तिवारी, ठूलोर्भयाङ कार्यालयका कम्प्युटर अपरेटर विज्ञान खड्की र एकान्तकुना ललितपुर कार्यालयका नायव सुब्बा लेखनाथ भूषालविरूद्ध विशेष अदालतमा मुद्दा परेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here