वामदेवलाई चुनाव लडाउनु राजनीतिक अनिष्टताको संकेत : डा.भट्टराई

179

काठमाडौं/  नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले नेकपाका नेता वामदेव गौतमलाई काठमाडौं क्षेत्र नम्बर ७ बाट चुनाव लडाउनु लोकतन्त्रको भ्रष्टीकरणको संज्ञा दिएका छन् ।

यसबारे आफ्नो धारणा ट्वीटरमार्फत सार्वजनिक गर्दै डा. भट्टराईले भनेका छन्, ‘काठमाडौं ७ का निर्वाचित सांसदलाई राजीनामा गराएर बर्दियाबाट हारेका वामदेव गौतमलाई संसदमा पुर्याउन अर्को खर्चिलो चुनाव गराउनु लोकतन्त्रको भ्रष्टीकरण र आगामी दिनमा चरम राजनीतिक अनिष्टताको संकेत हो । बेलैमा होस पुर्याऔं !’

डा. भट्टराईले दलीय घेराभन्दा माथि उठेर लोकतन्त्रको रक्षा र समृद्धीकरण गर्न अपिल पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here