काठमाडौ । राष्ट्रीय जनता पार्टी (राजपा)ले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्व सरकारलाई दिएको समर्थन फिर्ता लिने धम्की दिएको छ । नेपालको संविधान, २०७२ मा आँफूहरुका माग संशोधन गर्न सरकारलाई पटकपटक दवाव दिदै आएको छ । गत सोमबार प्रधानमन्त्री ओली सँगको भेटमा उनिहरुले आफ्ना माग सम्बोधन नहुने हो भने तिहार पछि नै सर्मथन फिर्ता लिने चेतावनी समेत दिएका छन् ।
उनीहरुले सोमबार प्रधानमन्त्री ओलीलाई एक ज्ञापनपत्र बुझाउदै यस्तो चेतावनी दिएका हुन् । त्यस्तै ओली सरकारलाई समर्थन फिर्ता लिने राजपाको तयारी भन्ने खबर नेपालमा भन्दा पहिला भारतीय सञ्चार माध्यमहरुमा आएका छन् ।
संविधान संशोधन प्रक्रिया सुरु गर्न मधेसी, थारु, मुस्लिम र सबैंको मागलाई ध्यान केन्द्रित गर्न आवश्यक रहेको राजपा अध्यक्ष राजेन्द्र महत्तोले जानकारी दिएका छन् । राजपा अध्यक्ष महतोले भनका छन्– “यो अन्तिम चेतावनी हो यदि सरकार हाम्रा मागहरु पुरा गर्न सक्दैन भने हामी तिहार पछि सरकारलाई दिएको समर्थन फिर्ता लिएर नयाँ आन्दोलन सुरु गछौं ।”
महत्तोले सरकार मधेशीहरुको माग सुन्न तयार नभएको र संविधानमा संशोधनलाई बेवास्ता गरिरहेको आरोप समेत लगाएका छन् । उनले यदि सरकार लचक नहुने हो भने विगतमा भन्दा भयभित अवस्थाको सृजना हुन सक्ने चेतावनी पनि दिएका छन् ।

















