देश समृद्धिका लागी जनताको अधिकार ल्याउँदै दिपा

277

काठमाडौं/ आवाज विहीनहरुका आवाजलाई उजागर गर्ने प्रयास गर्दै राज्यको पहुँचबाट पछि परेका समुदाय, भाषा,धर्म, लिङ्ग र क्षेत्र लगायत देशको समसामायिक विषयमा केन्द्रित रहेर बहस कार्यक्रम जनताको अधिकार सुरु हुने भएको छ ।

जनताको अधिकार कार्यक्रमको प्रस्तोता दिपा आले हुनुहुन्छ । विगत १० वर्षदेखि पत्रकारिता क्षेत्रमा योगदान दिनुभएकी पत्रकार दिपा आलेले प्रस्तुत गर्ने उक्त कार्यक्रम नाइस टेलिभिजन एचडीबाट प्रशारण हुने भएको हो । जनतालाई आफ्नो अधिकार प्रत्याभुत गराई देश समृद्धिका लागी शक्ति र सत्तामा बसेका सम्बन्धीत निकायलाई खबरदारी गर्ने यो कार्यक्रमको मुल उदेश्य रहेको छ ।

पछिल्लो समयमा नेपालमा सञ्चार माध्यमले निकै फड्को मारेको तर देशको आँधा जनसंख्या सञ्चार माध्यमको पहुँच भन्दा बाहिर रहेको जनाउँदै उक्त जनताको अधिकार कार्यक्रमबाट राज्यले नसुनेका जनताका आवाजलाई बुलन्द गरी सम्बन्धीत निकायमा पुर्याउने प्रयास यो कार्यक्रमले गर्ने नाइस टेलिभिजनका प्रमुख आशिर्वाद पुनले जानकारी दिनुभएको छ ।हरेक साताको आइतबार साँझ ८ः ४५ देखि ९ः ३० बजेसम्म प्रशासरण हुने जनताको अधिकार कार्यक्रम सोमबार दिउंसो २ बजेदेखि २ः ४५ बजे पुनः प्रशासरण हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here