अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता आवेदन

113

काठमाडौं / अब अनलाइनबाटै नेपाली कांग्रेसको सदस्यता बन्न आवेदन दिने व्यवस्था गर्न लागिएको छ ।

अनलाइनबाट आवेदन दिएपछि नगरपालिका र गाउँपालिकाका समितिले सदस्यता दिन सक्छन् ।

सदस्यता नवीकरण गर्दा भने सदस्यको सक्रियतालाई हेरिनेछ । सदस्य सक्रिय छ भने मात्रै जिल्ला कार्यसमितिले सदस्यता नवीकरण गर्न सक्नेछ ।

सभापति शेरबहादुर देउवा पक्षको बहुमत रहेको विधान मस्यौदा समितिले सभापतिलाई शक्तिशाली बनाउने गरी प्रारम्भिक मस्यौदा तयार गरेको छ ।


 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here