काठमाडौं / दशैं सकिएर तिहार नजिकिँदै गर्दा सुनको मूल्य उच्च विन्दुमा पुगेको छ । अन्तराष्ट्रिय बजारमा डलर मजबुत भएसँगै सुनको मूल्य बढेको हो ।
यसअघि २०६९ भदौमा सुन प्रतितोला ६३ हजार रुपियाँसम्म कारोबार भएको थियो । त्यसयता ६० हजारभन्दा तल रहेको सुनको मूल्य बिहीबार प्रतितोला ६० हजार चार सय रुपियाँमा कारोबार भएको छ ।
बुधबार ६० हजार एक सयमा कारोबार भएको थियो भने बिहीबार तीन सयले मूल्य वृद्धि भइ ६० हजार चार सय रुपियाँ प्रतितोलामा कारोबार भएको छ ।


















